बुढानिलकण्ठ नगरापालिका १ मा वडाध्यक्षमा एमाले विजयी

स्थानीय

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा एमालेका उम्मेदवार विजय भएका छन् ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् । वडा नम्बर १ बाट मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *