बेलायतमा लेस्टर युनिभर्सिटी २०२२ को अन्तरक्रीयामा नेपालको प्रतिनिधित्व गर्दै दयानिधि सापकोटा

प्रवास

बेलायतमा रहेका नेपाली उद्यमि दयानिधी सापकोटाले लेस्टर युनिभर्सिटी -२०२२ को अन्तरक्रीयामा नेपालको प्रतिनिधित्व गर्ने अबसर प्राप्त गरेका छन । लेस्टर युनिभर्सिटी ल सोसाइटी र युरोपियन कानुन बिद्यार्थी संघको सयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो।

लेस्टर ल स्कुलमा नोबेम्बर १४ मा ५० बिद्यार्थीका बिच भएको अन्तरकृयामा दयानिधि सापकोटाले विद्यार्थीको जिज्ञासाको समेत उत्तर दिदै आफनो सफल व्यावसायिक जिवनको सफलताको सुनाएका थिए। सापकोटाले बिजयी मानसिक्ता मस्तिष्कमा राखेर अघि बड्दा हरेक युवा बिजय हुन्छन् भन्ने कुरा बिद्यार्थीलाई सुनाउदा उपस्तिथित बिद्यार्थी अत्यन्त प्रसन्न देखिन्थे ।

दयानिधी सापकोटासगै स्टिभ इभान्स(सलिसिटर),मार्क वेकर(युके एभिएसन समुहका निर्देशक),डेभिड गोडेन(मार्केटिङ स्नातक भर्ना कर्ता )को पनि उपस्थिति थियो । उद्यमि सापकोटाले टोकन अफ लभ ग्रहण गर्दै आफू उपस्थित भएर जिवनको अनुभव सुनाउन पाउँदा धेरै खुशी लागेको बताए ।

सापकोटा इटालियन रेस्टुरेन्ट ,विस्ट्रो ओजि,र ओजि सिम्प्ली इटालियनका सन्चालक पनि हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *