भारतीय अलराउण्डर युसुफ पठानले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

खेलकुद

ओडीआई र टी-२० दुवै विश्वकप जितेका भारतीय अलराउण्डर युसुफ पठानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

पहिलो पटक भारतको जर्सी लागउँदा आफ्नो काँधमा धेरै जिम्मेवारी थपिएको स्मरण गर्दै पठानले सबे खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन् । पठानले भारतका लागि २००७ मा टी-२० विश्वकप र २०११ मा ओडीआई विश्वकप जितेका थिए । पठानले सानैदेखि क्रिकेट आफ्नो जीवनको नजिक रहेको र अब यो इनिङ्सलाई स्टप गर्ने बेला आएको बताए ।

पठानले पछिल्लो पटक सन् २०१२ मा जोहानेसवर्गमा भारतका लागि खेलेका थिए । उनले २००७ देखि २०१२ सम्म भारतका लागि ५७ ओडीआई र २२ टी-२० अन्तर्राष्ट्रिय खेल खेले ।

उनले सन् २००१-०२ को सिजन बारोडाका लागि खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । पठानले तीन पटक इन्डियन प्रिमियर लिग उपाधि समेत जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *