मतदान केन्द्र भएका विद्यालयमा तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन

राष्ट्रिय शिक्षा/स्वास्थ्य

स्थानीय तहको निर्वाचनका लागि मतदानस्थल भएका विद्यालयले तीन दिन वैकल्पिक विधिबाट पढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयको पत्रानुसार केन्द्रले ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २८ गतेदेखि ३० गते सम्म मतदान केन्द्र भएको विद्यालयमा वैकल्पिक विधिबाट पढाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो ।

मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयहरुको उपयोग गर्नु पर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको केन्द्रलेले जनाएको छ ।

सोही अनुसार सबै स्थानीय तहमा पत्रानुसारको व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *