मतपत्रको छपाइ सकियो, शुक्रबार ढुवानी भइसक्ने

राष्ट्रिय

स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सकिएको छ ।

निर्वाचनका लागि जनक शिक्षा सामग्रीबाट मतपत्र छपाइ गरिएको हो । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशको मतपत्र ढुवानी गर्न बाँकी छ । शुक्रबार (भोलि) नै सबै जिल्लाका मतपत्र ढुवानी भइसक्ने छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि सवारी साधन नपुगेको ठाउँमा हेलिकोप्टरमार्फत ढुवानी गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *