मदन पुरस्कारका लागि छानिए आठ पुस्तक

कला-साहित्य

मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् ।

मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो । डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।

यी आठ पुस्तक मध्ये एक पुस्तकलाई ०७८ सालको मदन पुरस्कार दिइने मदन पुरस्कार गुठीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *