महाभारतका सकुनीको पासामा पिताको आत्मा ?

धर्म -संस्कृति

महाभारतमा सकुनीले जुवामा गर्ने चर्तुर्‍याईपूर्वक छलकपटले कति ठूलो उथलपुथल ल्याएको छ भन्ने कुरा देखाउँछ ।

धेरै कम मानिसलाई मात्र जानकारी हुनसक्छ, शकुनिसँग जुवा खेल्नका लागि त्यस्तो पासा थियो जुन उनको मृत पिताको मेरुदण्डको हड्डीबाट बनाइएको थियो । आˆनो बाबुको मृत्युपछि बाबुकै निर्देश अनुसार शकुनिले उनको हड्डबिाट पासा बनाइएका थिए । शकुनि जुवाको खेलमा पारंगत थिए । उनले कौरवहरूलाई पनि जुवाप्रति मोह जगाइदिएका थिए ।

शकुनिको  यस्तो  चालका पछाडि पाण्डवहरूको मात्र नभई कौरवहरूको समेत भयंकर विनाश लुकेको थियो किनभने  शकुनिले कौरव कुलको समूल विनाश गर्ने कसम खाएका थिए । यसका लागि उनले दुर्योधनलाई आˆनो हतियार बनाएका थिए ।

शकुनि हरेक समय त्यस्तो अवसरको खोजीमा रहन्थे जहाँ कौरव र पाण्डव दुईपक्ष बीच भयंकर युद्ध होस् र कौरव कुलको नास होस् ।

सकुनीको पासामा पिताको आत्मा ?

एक मान्यताअनुसार शकुनिको पासामा उनको पिता गान्धारराज सुबलको आत्माले  वास गर्थ्यो, त्यसकारण उक्त पासा शकुनिले जे भन्यो त्यही मान्दथ्यो ।

भनिन्छ, शकुनिको पिताले कौरवहरूको कैदमा मर्नुअघि  शकुनिसँग भनेका थिए, ‘म मरेपछि मेरो हाडबाट पासा बनाउनू, त्यो पासाले सदैव तिम्रो हरेक आज्ञा पालन गर्नेछ, तसर्थ कसैले पनि तिमीलाई जुवामा हराउन सक्नेछैन ।’

सकुनीको षड्यन्त्र

युधिष्ठिर हस्तिनापुरका युवराज घोषित भएपछि शकुनिले नै लाक्षागृहको षड्यन्त्र रचे र सबै पाण्डवलाई वारणावतमा जिउँदै जलाएर मार्ने प्रयत्न गरे ।

शकुनि जे गरेर भए पनि दुर्योधनलाई  हस्तिनापुरको राजा बनाउन चाहन्थे ताकि दुर्योधनमाथि आˆनो मानसिक आधिपत्य रहोस् र त्यही मुर्ख दुर्योधनलाई प्रयोग गरेर भीष्मसहित सम्पूर्ण कुरुकुलको विनाश गर्न सकियोस् । अतः उनले दुर्योधनको मनमा पाण्डवप्रति वैरभाव जगाए र उसलाई सत्तालोलुप बनाइदिए ।

जुवा खेल्नुपछिको कारण यस्तो छ

शकुनिकै कारण महाराज धृतराष्ट्रका तर्फबाट पाण्डव तथा कौरवहरूका बीच भएको राज्य विभाजनमा पाण्डवहरूको भागमा बाँझो तथा सुख्खा जमिन पारियो ।  पाण्डवहरूले  आफ्नो मेहनतबाट उक्त भूमिलाई इन्ऽप्रस्थमा बदलिदिए।  हराभरा, उर्वर एवं मनोरम बनाइदिए ।

युधिष्ठिरले आयोजित गरेको राजसूय यज्ञका दौरान दुर्योधनलाई उक्त सहर हेर्ने अवसर मिल्यो ।  राजमहलमा प्रवेश गरेपछि एक विशाल कक्ष जहाँ पानी भरिएको थियो, त्यस भूमिलाई दुर्योधनले भ्रमवश पानीरहित भूमि ठानेर टेक्दा ऊ पानीमा छ्वाप्लाक्क खस्यो । यो देखेर  ऽौपदीले हाँसेर भनिन्, ‘अन्धाको छोरो अन्धो नै हुन्छ ।’ यो सुनेर दुर्योधन साह्रै क्रोधित भयो ।

दुर्योधनको मन राम्ररी बुझेको शकुनिले यसै कुराको फाइदा उठाउँदै पाण्डवहरूसँग पासा खेल्ने योजना बनाए । उनले आˆनो योजना दुर्योधनलाई सुनाए र यो खेलबाट पाण्डवहरूलाई हराएर बदला लिन सकिन्छ भनी सहमत गराए । शकुनिले पाण्डवहरूलाई साह्रै प्रेम भाव देखाएर खेल्न बोलाए अनि दुर्योधनको पक्षबाट  आफैंले युधिष्ठिरसँग पासा खेल्न थाले ।

खेलको शुरुआतमा पाण्डवहरूको उत्साह बढाउन शकुनिले छाल चले र केही पल्ट युधिष्ठिरलाई जित्न दिए।  पाण्डवहरूमा  खेलप्रति राम्रै रस बसिसकेपछि शकुनिले आफैँ जित्न सुरु गरे ।  खेलको उत्साहमा फसेका  युधिष्ठिरले आफ्नो सम्पूर्ण धनसम्पत्ति तथा साम्राज्य जुवामा गुमाए ।

अन्तमा शकुनिले युधिष्ठिरलाई आˆना भाइ तथा पत्नी पदी दाउमा थाप्न र जितेमा अहिलेसम्म हारेका सबै कुरा फिर्ता गर्ने शर्त तेर्स्याए । युधिष्ठिरले उक्त कुरा पनि माने र यो पटक पनि हारे ।   यो खेलमा भएको पाण्डव एवं द्रौपतिको अपमान नै अन्ततस् महाभारत युद्धको प्रमुख कारण बन्न पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *