मुलपानीमा कागेश्वरी मनोहरा निःशुल्क आँखा शिविर, बृहत् रक्तदान तथा अङ्गदान कार्यक्रम सम्पन्न

शिक्षा/स्वास्थ्य स्थानीय

काठमाडौको मुलपानीमा कागेश्वरी मनोहरा निःशुल्क आँखा शिविर, बृहत् रक्तदान तथा अङ्गदान कार्यक्रम सम्पन्न भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मुलपानीमा अवस्थित महाकवि देवकोटा मेमोरियल मा.वि.मा सोमबार तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग एवम् महाकवि देवकोटा स्काउट ट्रुप, मूलपानी, नेसनल ओपन स्काउट क्र्यू, मूलपानी र नेपाल रेडक्रस सोसाईटी, कागेश्वरी मनोहरा उपशाखाको संयुक्त आयोजना उक्त शिविर संचालन भएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाकी नगर उप प्रमुख शान्ता थापा ज्यूको प्रमूख आतिथ्यतामा संचालित नि:शुक्ल आँखा परिक्षण शिविर संगै रक्तदान र अंगदान कार्यक्रममा ४ जनाले अंगदान,२ जनाले आँखादान, ३५ जनाले रक्तदान गर्नुको साथै ३११ जनाले आँखा परिक्षण गर्नुभएको थियो । जसमध्ये ३३ जना मोतियाविन्दुका बिरामीहरुलाई तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाइएको कार्यक्रमका संयोजक एवं नेसनल ओपन स्काउट क्र्यु, मूलपानीका स्काउटर बिदुर गिरीले जानकारी गराउनु भयो ।

शिविरबाट नि:शुल्क औषधि र निःशुल्क शल्यक्रियाको सुबिधा पाउदा आँखाका बिरामीले निकै राहतको महसुस गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *