युवा नेतृत्व उपसभामुख हुँदा तपाई हाम्रो लागि राम्रै हुन्छ : सोविता गौतम

राष्ट्रिय

सत्ता गठबनधका तर्फबाट प्रतिनिधि सभातर्फको उपसभामुखमा उम्मेदवार दिन लागेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो विजय सुनिश्चित भएको बताएकी छिन्।

विहिबार साँझ  कुरा गर्दै उनले भनिन्, ‘ युवाहरू नेतृत्वमा आएका छौँ। उपसभामुख हुँदा तपाई हाम्रो लागि राम्रै हुन्छ।’

सांसद गौतमले उपसभामुखको निवार्चनमा नेपाली काँग्रेसले पनि आफूलाई नै समर्थन गर्ने दाबी गर्दै भनिन्, ‘हाम्रो नै सरकार छ त्यसैले जित्न त म जिति नै हाल्छु। तरपनि काँग्रेसले उम्मेदवार नउठाउँदा मलाई नै समर्थन गर्छ भन्ने अपेक्षा राखेको छु।’

उनले आफ्नो उम्मेदवारी हुने नहुने बारे औपचारिक निर्णय भई नसकेको उल्लेख गर्दै भनिन्, ‘यसबारे औपचारिक निर्णय भोलि मात्र हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *