राज कुन्द्राकाे ‘पोर्न फिल्म’मा मोडल र अभिनेत्री, डेढ वर्षमा बनाएका थिए १०० भन्दा बढी ‘पोर्न फिल्म’

अन्तर्राष्ट्रीय

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लिल फिल्म बनाएको अभियोगमा मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रहरीको अनुसन्धानमा उनले डेढ वर्षमा एक सयभन्दा बढी पोर्न फिल्म निर्माण गरेको खुलेको छ । जसबाट राजले करोडौँ आम्दानी गरेका थिए । प्रहरीले राज कुन्द्राको अन्धेरी वेस्टमा रहेको भियान अफिसमा छापा मारेको थियो । उक्त अफिसबाट सर्भर समेत बरामद भएको थियो जसको माध्यमबाट अश्लिल फिल्म ‘वी ट्रान्सफर’ को माध्यमबाट अपलोड हुने गर्दथ्यो । सर्भरबाट धेरै डाटाहरु डिलिट भएको प्रहरीले जनाएको छ । डिलिट भएको डाटालाई क्राइम ब्रान्चका फरेन्सिक विशेषज्ञले रिकभर गर्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जुन सर्भरमा अश्लिल फिल्म अपलोड हुने गरेको थियो त्यसमा २० लाख सब्सक्राइभर थिए । कुन्द्राले वेभ साइटको सट्टा एप बनाएका थिए । प्रहरीका अनुसार कुन्द्रासँग अश्लिल फिल्म बनाउन केही मोडल र अभिनेत्रीहरु सामेल छन् । राजले सन् २०१९ देखि अश्लिल फिल्म बनाउन सुरु गरेकाे प्रहरीकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *