रास्वपा सांसद सुमना श्रेष्ठले सोधिन् प्रधानमन्त्रीलाई तीन प्रश्न

राष्ट्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तीन प्रश्न गरेकी छन्।

आफ्नो भारत भ्रमणबारे उठेका प्रश्नहरूको जवाफ दिन सोमबार संसदमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डलाई सांसद श्रेष्ठले भारत भ्रमणमा कुटनीति र परराष्ट्रनीती, भारतमा निर्यात गरिने भनिएको बिजुली र नागरिकता विधेयकबारे प्रश्न गरेकी हुन्।

श्रेष्ठले भारत भ्रमणमाका क्रममा भएका बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सल्लाहकार बाहेक परराष्ट्र मन्त्रालयका कर्मचारी राखिएको नराखिएको बारे प्रश्न सोधेकी छन्।

त्यस्तै भारतले नेपालबाट किन्ने भनिएको विद्युत सःशर्त हो कि निःशर्त हो भन्नेबारेमा पनि प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छन्।

‘नेपालले आफ्नो स्वविवेक प्रयोग गरेर दक्षता र च्वइसले लगानीकर्ताहरू छान्ने हो भने त्यसरी उत्पादित बिजुली भारतलाई बेच्न सक्छौं कि सक्दैनौं?,’ उनले प्रधानमन्त्रीलाई सोधिन्।

त्यस्तै भारत भ्रमणमा निस्कनुभन्दा दुई घन्टाअघि मात्रै नागरिकता विधेयक पास गर्नुको कारण पनि माग गरिन्।

‘प्रधानमन्त्रीको पद अभिभावकको पद पनि हो। नेपालमा नागरिकताको विषय पेचिलो विषय हो।यो विषयमा नेपाली समाज ध्रुविकृत छ । जनता आक्रोश पोख्ने ठाउँ खोज्दैछ,’ उनले भनिन्, के प्रधानमन्त्रीलाई आफ्नो अभिभाकत्वको भूमिका बिर्सनुभएको हो? फ्याट्ट निर्णय गरेर दुई घन्टापछि विदेश भ्रमणमा जानुभयो यो जिम्मेवारीपूर्ण काम भएन । किन?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *