संखुवासभा सामूहिक हत्या प्रकरणः आफन्तबाटै हत्या, आरोपि सार्वजनिक

अपराध राष्ट्रिय

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मृतककै १३ दिने पारिवारिक नाताका आफन्त लोकबहादुर कार्कीलाई सामूहिक हत्याकाण्डको आरोपमा पक्राउ गरेको छ ।

२६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।

लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले आफन्तबाटै घटना भएको हुनसक्ने अनुमान गर्दै अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण हत्या भएको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको जनाइएको छ ।

यद्यपी प्रहरीले घटनाका आरोपित पक्राउबारे औपचारिक जानकारी दिएको छैन ।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *