साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितका लागि हेमोडाइलासिस सेन्टर सञ्चालनमा आउँदै

स्थानीय

तारकेश्वर नगरपालिकाले वडा नं. १ साङलामा रहेकाे साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितहरुका लागि हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकामा भएको एक कार्यक्रमबकाबीच राष्ट्रिय मृर्गौला उपचार केन्द्र बनस्थली र तारकेश्वर नगरपालिकाले एमओईमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय मृर्गौला उपचार केन्द्रका निर्देशक डा. ऋषि कुमार काफ्ले लगायतको टिम तारकेश्वर नगरपालिकाको कार्यालयमा आई सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, सुचना अधिकारी होमनाथ न्यौपाने, नगर स्वास्थ्य शाखाको टिमको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले साङ्ला डाइलासिस सेन्टरमा नगरबासी र छिमेकी नगरपालिका, नुवाकोट र रसुवा जिल्लाका नागरिकहरुले पनि डाइलासिस सेवा लिन पाउने व्यवस्था गरेको बताउनुभएको छ । डाइलासिस सेन्टर दशैं तिहारको आसपासदेखि सञ्चालनमा ल्याउने कार्यमा नगरपालिका लागेको छ । आवश्यक सामान व्यव्स्थापन र स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिने कार्य पश्चात डाइलासिस सेन्टर सञ्चालनमा आउनेछ ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मृर्गौला पिडित बिरामीहरुका डाइलोसिस सेन्टर सञ्चालनको काम गर्नुका साथै आवश्यक स्वास्थ्यकर्मीहरुलाई तालिम व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्झौता पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *