साङ्लामा ३३ वर्ष पछि नवदुर्गा भवानीको आगमन हुदैं

धर्म -संस्कृति स्थानीय

तारकेश्वर नगरपालिका वडा नं-१ साङ्लामा ३३ वर्षपछि भक्तपुरबाट नवदुर्गा भवानीको आगमन हुने भएको छ ।भक्तपुरमा विशेष रुपमा मनाइने श्री नवदुर्गा जात्रा ३३ बर्ष पछि काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं-१ साङ्लामा पनि ल्याइने भएको छ ।

यही पुस ८ गते शुक्रबार श्री नवदुर्गा जात्रा भक्तपुरबाट प्रस्थान गर्ने र दोश्रो दिन अर्थात पुस ९ गते बिहान ८ बजे साङ्ला आइपुग्ने कार्यतालिका छ । उक्त जात्राको अवसरमा माता नवदुर्गा भवानीको समूह लगायत अन्य देवगणहरूलाई स्वागत गर्न नगर प्रमुख कृष्णहरि महर्जन, वडा अध्यक्ष सहित नगरका अन्य पदाधिकारी लगायत स्थानीय वासिन्दा बिहान ८ बजेदेखि नै बाजागाजासहित उपस्थित हुने कार्यक्रम तय भएको छ ।

जात्राको क्रममा माता नवदुर्गा भवानीको समूहमा अन्य देवगणहरू पनि आउने भएकाले उहाँहरूको दर्शनबाट मनोवाञ्छित फल प्राप्त हुने विश्वासमा साङ्लाका श्रध्दालु भक्तजनहरू उत्साहित भएका छन ।

पुस ८ गते शुक्रबार भक्तपुरबाट प्रस्थान गरेको नवदुर्गा भवानीको समुह ९ गते शनिबार बिहान ८ बजे साङ्ला आएपछि ल दिउँसो १ बजेदेखि ३ बजेसम्म नाच: ख, प्याखं, मु बाहाँ नाच सहित जात्रा सम्पन्न गरिने साङ्ला बालकुमारी पूजा गुठीका संरक्षक मोहन श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *