साढे २ वर्षपछि संघीय संसदले आज उपसभामुख पाउँदै

राष्ट्रिय

संघीय संसद (प्रतिनिधि सभा)ले साढे दुई वर्षपछि आज उपसभामुख पाउने भएको छ ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि बिहीबार नै उम्मेदवारी दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको छ । उपसभामुखका लागि नेकपा एमालकी विद्या भट्टराई र नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार छन् ।

भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार ।

हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

संसद सचिवालयका अनुसार मतदानको समय दिउँसो तीन बजेलाई निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *