सुन्दरीजल खोलामा खसेर एक जना बेपत्ता

स्थानीय

काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन् ।

कपन बस्ने १६ वर्षका शुभम प्रधान शनिबार विहान खोलामा खसेर हराएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार शनिबार विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा ७ जना साथीहरूसङ घुम्न गएका शुभम खोलामा खसेर हराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *