सुर्खेतमा एकीकृत समाजवादीका वडा अध्यक्ष एमालेमा फर्किए

राष्ट्रिय

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा न.१० का वडा अध्यक्ष रत्नबहादुर बुढा एमालेमा फर्किएका छन् ।

पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका उनी बिहीबार पुनः एमालेमै फर्किएका हुन् । उनलाई एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले स्वागत गरेका थिए ।

बुढा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए। यस्तै विभाजनपछि समाजवादी रोजेका वीरेन्द्रनगरका नेताहरु जागुराम थारु, कृष्णबहादुर थापा, विमला थापा पनि एमालेमै फर्किएको एमाले सुर्खेत जिल्लाका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए । यस्तै वीरेन्द्रनगर नगरपालिका– १० का वडा सदस्य सुनिता चौधरी पनि एमाले फर्किएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *