सृजना ज्ञानसागर मा. वि. को संयोजनमा सातौँ OPS Table Tennis प्रतियोगिता सम्पन्न

शिक्षा/स्वास्थ्य

Organization of Private Schools (OPS) को आयोजना तथा सृजना ज्ञानसागर मा. वि. को संयोजनमा सातौँ OPS Table Tennis प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार तारकेश्वर–०४ मा अवस्थित सृजना ज्ञानसागर मा. वि. को प्राङ्गणमा सम्पन्न खेलमा १७ विद्यालयका ५७ विद्यार्थीको सहभागिता रहेको थियो । सिनियर ब्वाइज, सिनियर गर्ल तथा जुनियर ब्वाइज, जुनियर गर्ल गरि ४ टिमका विद्यार्थी बिच विभिन्न चरणमा प्रतियोगिता संचालन गरिएको थियो ।खेलको नतिजा यस प्रकार रहेको छ:-

सिनियर ब्वाइज
प्रथम- विजय गुरुङ -लालिगुराँस नेशनल एकेडेमी
द्वितिय- कल्याण तामाङ – सृजना ज्ञानसागर मा. वि.
तृतीय – पेमा तामाङ – न्यु एरा एकेडेमी
तृतीय – निशान बुढाथोकी -कौशल ईंग्लिश बोर्डिङ स्कुल
सिनियर गर्ल
प्रथम -बिपिना थापा- सृजना ज्ञानसागर मा. वि.
द्वितीय – रक्षा श्रेष्ठ – लालिगुराँस नेशनल एकेडेमी
तृतीय -प्रास्ना भण्डारी -हिम रश्मि हाई स्कुल
तृतीय -आश्मा गुरुङ -कौशल ईंग्लिश बोर्डिङ स्कुल
जुनियर ब्वाइज
प्रथम- सुरज थापा- प्रिसियस स्कुल
द्वितीय-सन्दिप तामाङ – सेक्रेट हार्ट स्कुल
तृतीय -आकश सिलवाल -सृजना ज्ञानसागर मा. वि.
तृतीय – प्रवीण तामाङ -हिम रश्मि हाई स्कुल
जुनियर गर्ल
प्रथम-सृष्टि भुजेल-प्रगती बोर्डिङ हाई स्कुल
द्वितीय-प्रीन्शा विष्ट -ज्ञानमन्दिर सेकेन्डरी ईंग्लिश स्कुल
तृतीय -युरिशा तामाङ -प्रारम्भ स्कुल
तृतीय -प्रतिशा पाठक-हिम रश्मि हाई स्कुल

खेलको समापन कार्यक्रममा प्रमुख अतिथि All Nepal Table Tennis Association का अध्यक्ष चतुरानन्द राज वैद्यको उपस्थितले सहभागी विद्यार्थीहरुलाई थप हौसला तथा प्रेरणा मिलेको ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्काले बताउनु भयो । सोही अवसरमा उहाँले ओप्सले स्थानिय देखि राष्ट्रिय स्तरका प्रतियोगितात्मक कार्यक्रम गर्ने मात्र नभई राष्ट्रको धर्म, संस्कृति, रिति-रिवाज, प्रथा लगायतका चिजहरूको संरक्षण र श्रीवृद्धिका लागि समेत कहिले राष्ट्रिय बालगीत सम्मेलन त कहिले मेची–महाकाली लोकनृत्य सम्मेलन र श्रष्टा सम्मान जस्ता कार्यक्रमहरू समेत आयोजना गर्दै आइरहेको कुरा समेत जानकारी गराउनु भयो ।

शारीरिक तन्दुरुस्तिका लागि खेलकुद र समाजका लागि खेलाडी भन्ने आदर्श वाक्यलाई सम्मान गर्दै अगाडि बढेको यस OPS Sports Festival ले मूख्यतः आफ्ना प्रतिस्पर्धी विद्यार्थी र तिनका माध्यमबाट सदस्य विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्याथीहरूलाई अनुशासित, सहयोगी तथा सर्वगुणी बनाउन सफल हुने मा सृजना ज्ञानसागर मा. वि. का प्रिन्सिपल तथा कार्यक्रम संयोजक राजेन्द्र प्रसाद फुयाल विश्वस्थ हुनुहुन्छ ।

कार्यक्रममा विजयी टिमहरूलाई आर्थिक पुरस्कारका साथमा मेडल र ट्रफिका साथै सहभागी तथा विजेता खेलाडी र विद्यालयलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *