सृजना ज्ञानसागर स्कुलको आयोजनामा अन्तर विद्यालय वृहत् चित्रकला प्रतियोगिता सम्पन्न

बालसंसार शिक्षा/स्वास्थ्य

विश्व वातावरण दिवसको अवसर पारेर सृजना ज्ञानसागर स्कुलको आयोजनामा अन्तर विद्यालय वृहत् चित्रकला प्रतियोगिता सम्पन्न भयको छ । शनिबार तारकेश्वर -०६ स्थित सृजना ज्ञानसागर स्कुलकाे प्राङ्गणमा आयोजित प्रतियोगितामा २३ विद्यालयका ११५ विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेकोे थियोे ।

सहभागी विद्यार्थीहरुले आफुमा भएको प्रतिभालाई कलात्मक शैली मार्फत चित्रमा उतारेका थिए। प्रतियोगिता सिनियर टिम र जुनियर टिम गरि २ टिममा विभाजन गरि संचालन गरिएको थियो ।

जसमा सिनियर टिमबाट प्रथम पुरस्कार समृद्धि स्कुलकी छात्रा रुफिना अधिकारीले प्राप्त गर्दा द्वितीय पुरस्कार भने कौशल ईंग्लिश सेकेन्डरी स्कुलका छात्र श्याम अधिकारीले हात पारेका छन् । तृतीय पुरस्कार रिड मोडल हाई स्कुलकी छात्रा सरु थापाले प्राप्त गर्न सफल भएकी छिन। जुनियर तर्फको सान्त्वना पुरस्कार भने समृद्धि स्कुलका छात्र उरुष महर्जन र रमाईलो पाठशालाकी छात्रा रोजी डंगोलले प्राप्त गरेका छन्।

जुनियर टिम तर्फको प्रथम पुरस्कार रिड मोडल हाई स्कुलकी छात्रा महिमा गुरुङले प्राप्त गरेकी थिइन् भने द्वितीय पुरस्कार समृद्धि स्कुलकी छात्रा रुश्मा महर्जनले प्राप्त गरेकी थिइन्। तृतीय पुरस्कार पनि समृद्धि स्कुलकै छात्रा श्लेश्ना तन्डुकारले प्राप्त गरेकी छिन् । त्यसैगरी सान्त्वना पुरस्कार हिम रस्मि हाई स्कुलकी छात्रा निरु तामाङ र कौशल ईंग्लिश सेकेन्डरी स्कुलका छात्र जेम्स श्रेष्ठले प्राप्त गरेका छन्।

विभिन्न समयमा यसैगरी विद्यालयका विद्यार्थीहरु बीच यस्ता किसिमका रचनात्मक तथा सिर्जनात्मक प्रतियोगिताहरु संचालन गरिदा उनीहरुमा लुकेर रहेका प्रतिभाहरु उजागर हुने साथै उनिहरुमा थप सिर्जनशिल बन्ने उत्प्रेरणा समेत मिल्ने आयोजक स्कुल सृजना ज्ञानसागरका प्रिन्सिपल राजेन्द्र प्रसाद फुयालले बताउनु भयो।

प्रतियोगिताकाे पुरस्कार वितरण समारोहबिच आयोजक सृजना ज्ञानसागर स्कुलका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

प्रतियोगिताका केही झलकहरु 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *