सृजाना ज्ञानसागर स्कुल/कलेज +2 अध्यनको रोजाइमा

शिक्षा/स्वास्थ्य

संस्कार सहितको शिक्षा भन्ने  मुल उद्धेश्य बोकेर सन्चालनरत  शैक्षिक संस्था हो सृजाना ज्ञानसागर स्कुल कलेज ।

काठमाडौंको तारकेश्वोर नगरपालिका वडा न. ४ पुरानो गुहेश्वोरीमा रहेको सृजाना ज्ञानसागर स्कुल कलेज शैक्षिक क्षेत्रमा चर्चित तथा परिचित नाम हो ।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सृजाना ज्ञानसागर स्कुल कलेज विद्यार्थीको मुख्य रोजाइमा पर्ने गरेको छ । कक्षा १२ सम्म अध्यापन हुने यस स्कुलमा हाल कक्षा ११ र १२ मा बिज्ञान र व्यवस्थापन सङ्कायमा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन लगायत अन्य बिषयमा पठनपाठन हुदै आइरहेको छ ।

महङ्गो शुल्क तिरी टाढा टाढा जान बाध्य तारकेश्वोरका
विद्यार्थीहरुका लागि सृजाना ज्ञानसागर स्कुल कलेज
उत्कृष्ट शिक्षा र भविष्यका लागी सहज गन्तव्य हुने स्कुलका प्रिन्सिपल राजेन्द्र प्रसाद फुयाल बताउनु हुन्छ । हरेक वर्ष महङ्गो शुल्कको भारी बोक्न बाध्य अभिभावक महँगो स्कुल कलेज नै राम्रो हुन्छ भन्ने भ्रममा पर्नु भएको हुदाँ समय सापेक्ष गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आइरहेको  यस स्कुल कलेजमा आफ्ना छोरा छोरी भर्ना गरी ढुक्क हुन उहा अनुरोध गर्नुहुन्छ ।

विद्यार्थी मैत्री वातावरणमा सहरदेखि गाउँ सम्मका विद्यार्थीहरुलाई पढाएर अब्बल नतिजा ल्याउन सफल
यस स्कुल कलेजमा दक्ष तथा अनुभवी शिक्षकहरुले अनुसन्धानात्मक पद्वतिबाट अध्यापन गराउनु यस स्कुलको मुख्य विशेषता भएको बिद्यालयका कोडिनेटर उद्धव फुयाल बताउनु हुन्छ ।

शान्त  वातावरण, भौतिक सुबिधा सम्पन्न कक्षा कोठा,
आधुनिक स्मार्ट बोर्डबाट शिक्षण सिकाइ प्रकृया,
व्यवहारिक ज्ञानका लागि अडियो भिजुअल तथा कम्प्यूटरको प्रयोग, नैतिक शिक्षा, आध्यात्मिक चिन्तन तथा योगा र  मेडिटेशन कक्षाहरु संचालन गर्नु यस स्कुल कलेजको मुख्य विशेषता  हो । विद्यालयले सामाजिक मूल्य, मान्यता तथा सांस्कृतिक परिवेशलाई अत्यन्त महत्त्व दिदै अतिरिक्त क्रियाकलापलाई जोड दिदै अध्यापन गराउदै आइरहेको छ ।

त्यस्तै, यस स्कुल कलेजले जेहेन्दार, विपन्न ,गरिब, तथा  पिछडिएका विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।

सुबिधा सम्पन्न भवन, भरपर्दो सवारी साधन, पर्याप्त पुस्तकालय, राम्रो प्रयोगशाला र क्यान्टिनमा स्व्च्छ तथा स्वादिष्ट खाना भएपछि विद्यार्थी र अभिभावकले ढुक्क महसुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *