२०७२ सालदेखी बन्द जनमैत्री अस्पताल पुन सञ्चालनमा

शिक्षा/स्वास्थ्य

काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।

सरकारले जनमैत्रीलाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरे अनुसार सोमबारदेखि अस्पताल सञ्चालनमा आएको हो ।

हाललाई १०० बेड क्षमताको कोभिड स्पतालका रुपमा सञ्चालन गर्न लागेको अस्पतालमा आएका डाक्टर तथा नर्सलाई काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले पुष्पगुच्छाले स्वागत गरे ।

२०७२ सालको भूकम्प पछी जनमैत्री अस्पताल बन्द अवस्थामा रहेको थियो । सरकारले कोभिड अस्पताल सञ्चालनको अनुमति दिएर सञ्चालनमा आएसँगै बालाजु क्षेत्रमा कोही संक्रमित भइहाले उपचारमा सहज हुने विश्वास लिइएको छ । अस्पताल सञ्चालको लागि आवश्यक सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *