काठमाडौँ विश्वकै प्रदूषित सहरको चौथो स्थानमा

समाचार

आज  काठमाडौँ   विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ ।

पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ ।

छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा छ । २२६ एक्यूआईसहित दिल्ली विश्वै दोस्रो प्रदूषित सहर बनेको हो ।

तेस्रो प्रदूषित शहरमा चीको बेइजिङ रहेको छ । त्यहाँको वायु प्रदूषण २१५ एक्यूआई मापन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *