लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

लोक सेवा आयोगले कोरोना संक्रमण बढेपछि लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए । माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका […]

पुरा पढ्नुहोस

त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो । त्रिविको सूचनामा भनिएको छ, ‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न […]

पुरा पढ्नुहोस

सरकारले कोरोना परीक्षण शुल्क घटायो, अब सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले लक्षण देखिएका व्यक्तिहरुको चिकित्सकको परामर्शको आधारमा सरकारी प्रयोगशालामा निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए ।सीमा नाकाहरुमा नेपाल […]

पुरा पढ्नुहोस

२०७९ सालको पात्रो तयार , माघ १५ गतेदेखि बजारमा आउने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ । आगामी वर्षको लागि समितिले १४ वटा पात्रो (पञ्चाङ्ग)लाई बजारमा ल्याउन स्वीकृति दिएको छ । तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, […]

पुरा पढ्नुहोस

नागरिक एपमा नयाँ अपडेट, प्रेस पास लिङ्क गर्ने सुविधासँगै वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिन सकिने

सबै सरकारी सेवा एउटै एपबाट दिने उद्देश्यका साथ तयार पारिएको नागरिक एपमा नयाँ अपडेट आएको छ । नागरिक एपको पछिल्लो अपडेट सँगै  प्रेस पास लिङ्क गर्न सकिने सुविधा र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर)का लागि आवेदन दिन सकिने सुविधा आएको छ । सूचना तथा प्रसारण विभागले जारी गर्ने पत्रकार परिचयपत्र (प्रेस पास) लिङ्क गर्न […]

पुरा पढ्नुहोस

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन सम्बन्धी अर्को आदेश जारी-आज मध्यरातदेखि लागू हुने

कोभिड-१९ संक्रमण रोकथाम गर्न मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनबारे काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् । मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेला लगायतका गतिविधि गर्न रोक लगाइएको छ […]

पुरा पढ्नुहोस

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले  भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’ कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु […]

पुरा पढ्नुहोस

क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिने सरकारकाे निर्णय

सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

पुरा पढ्नुहोस

बिहान खाली पेट लसुन खानुको चमत्कारिक फाइदा

लसुन, जो हाम्रो भान्सामा दैनिक प्रयोग हुन्छ । तरकारीको स्वादर वास्ना बढाउनका लागि लसुन उपयोगी हुन्छ । यद्यपी लसुनको साइनो स्वादसँग मात्र जोडिएको छैन । खाली पेट लसुन खानुको अरु थुप्रै फाइदा छन् । यदि हरेक दिन एक केस्रा लसुन मात्र सेवन गरियो भने, त्यो अमृतसमान हुन्छ । त्यसको लागि एउटै सर्त हो, बिहान खाली […]

पुरा पढ्नुहोस

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न […]

पुरा पढ्नुहोस