पल शाहलाई तनहुँ जिल्ला अदालतले अभियोग दावी नपुगेको भन्दै सफाई दिने फैसला

नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप […]

पुरा पढ्नुहोस

यति एयर दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि

पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु पुष्टि भएको छ। एअरलाइन्सले विज्ञप्ति जारी गर्दै  ६९ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको हो। बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले जनाएको छ। विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए। जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, […]

पुरा पढ्नुहोस

मेरो भारत भ्रमण छिट्टै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छिट्टै हुने बताएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए ।

पुरा पढ्नुहोस

वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या

पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । पुनलाई आज दिउँसो नै ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उनी केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए । शुक्रबार रोल्पाको […]

पुरा पढ्नुहोस

सन्दीप लामिछाने धरौटीमा रिहा

बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो । उक्त इजलासले १९ पन्ने आदेश जारी गरेकाे सूचना अधिकारी दिनेश […]

पुरा पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । कुल २७० जनाले मतदान गरेकोमा २६८ मत प्रचण्डको पक्षमा परेको हो । नेपाली का‌ंग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङ्ग निलम्बित छन् भने कांग्रेसका अरु ३ जना सांसद बैठकमा अनुपस्थित भए । […]

पुरा पढ्नुहोस

राहदानी वितरणमा देखिएको समस्या समाधान भएको जानकारी

राहदानी विभागले आज सूचना निकालेर राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न भनेको छ । विभागले राहदानी वितरणमा १७ पुसमा देखिएको समस्याको समाधान भइसकेको जनाएको छ । विभागले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने […]

पुरा पढ्नुहोस

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले हटाएआफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट […]

पुरा पढ्नुहोस

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।   प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको उनले बताए ।  

पुरा पढ्नुहोस

आइडिमिया कम्पनीका उच्च तहका प्राविधिक टोली नेपालमा

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गर्दै सेवा रोकेको छ । राहदानी विभागको सफ्टवेयरमा देखिएको समस्या समाधानका लागि यसको व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राहीलाई लाइनमा राखेर दुख दिने विभागीय अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएकै […]

पुरा पढ्नुहोस