बियरको बोतल किन खैरो वा हरियो मात्र हुन्छ ?

बियर संसारको सबैभन्दा मनपर्ने पेय पदार्थमध्ये एक हो । संसारको सबैभन्दा पुरानो पेय पदार्थमा पानी र चियापछि बियर तेश्रो स्थानमा आउँछ । एक तथ्यांक अनुसार विश्वमा हरेक वर्ष झण्डै ४४ खर्ब बियरका क्यान खपत हुन्छन् । बियर पिउने मानिस त धेरै हुन्छन् तर आफूले रित्याउने बियरको बोतल कि त खैरो रङको हुन्छ कि त हरियो […]

पुरा पढ्नुहोस

संसारकै अनौठो गाउँ जहाँ जुत्ता चप्पल लगाउन पाइदैन

आजकल मानिसहरु जुत्ता चप्पलविना त एक पाइला पनि हिड्न गाह्रो छ । यद्यपि गाउँघरतिरका कतिपय बुढापाका मानिसहरु भने जुत्ता चप्पल नलगाइकनै हिँडडुल गर्ने तथा मेलापात गर्ने गरेको समेत देखिन्छ । उता छिमेकी मुलुक भारतको एउटा गाउँमा त  कसैले पनि जुत्ता चप्पल लगाउन पाइँदैन । गाउँमा बस्ने बच्चादेखि बुढासँग सबैलाई जुत्ता चप्पल लगाउन बन्देज छ । […]

पुरा पढ्नुहोस

दक्षिण अफ्रिकी एक महिलाबाट एकै पटक १० शिशुको जन्म

दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ ६ बालक र ३ बालिकालाई एकैपटक जन्म दिएकी हुन् । यो अहिलेसम्मकै विश्व किर्तिमान हो । यस अघि सिथोलेले जुमल्याहा बच्चालाई जन्म दिएकी थिइन् । उनी ३७ वर्षकी भइन् । २९ हप्ताको गर्भबाट सोमबार साँझ सिथोलेको शल्यक्रियाबाट बच्चा निकालिएको हो […]

पुरा पढ्नुहोस

भ्यागुताको पूजा हुने अनौठो मन्दिर

देवी देवतादेखि सिंह, नाग जस्ता जनावर समेतको पूजा हुने विभिन्न खाले मन्दिरहरुका बारेमा तपाईंले देख्नु तथा सुन्नु भएकै होला । नेपालमा पनि नेवार समुदायले भ्यागुताको त पूजा गर्छन् तर भ्यागुताको पूजा मात्रै हुने मन्दिरचाहिँ नेपालमा बनेको थाहा छैन । छिमेकी मुलुक भारतको उत्तरप्रदेशमा रहेको एउटा मन्दिरमा भने केवल भ्यागुताको मात्रै पूजा हुन्छ । उत्तरप्रदेशस्थित लखिमपुर […]

पुरा पढ्नुहोस

कसले किन्ला २० हजार रुपैयाँको मास्क ?

कोरोना भाइरस महामारीले पूरै विश्वमा आतंक मच्चाइहेको छ । दुनियामा एक करोड ६० लाख भन्दा धेरै मानिसहरु यो भाइरसबाट संक्रमित भैसकेका छन् भने करीब साढे ६ लाख मानिसको मृत्यु भैसकेको छ । यो महामारीले संसारमा मानिसहरुको जिवनशैलीमा परिवर्तन गरिदिएको छ । कोरोना भाइरसको भ्याक्सिन बनाउने कार्यमा अहिलेसम्म सफलता प्राप्त भैसकेको छैन । जहिलेसम्म यो भाइरस […]

पुरा पढ्नुहोस

लुकिछिपी विरुवा खाएको आरोपमा १५ बाख्रामाथि मुद्दा, नगद जरिवाना

चोरीको अभियोगमा अभियुक्तहरुमाथि सजायँ भएको त सुनिएकै हो । तर चोरेर घाँस खाएको आरोपमा बाख्रामाथि समेत मुद्दा चलेको र सजायँ भएको चाहीँ सुनिएको थिएन । हालै छिमेकी मुलुक भारतको तेलंगानामा यस्तो अनौठो घटना भएको छ । लुकिछिपी रुखको घाँस खाइदिएको आरोपमा त्यहाँ १५ वटा बाख्रामाथि मुद्दा दर्ता भयो । ती बाख्राहरुलाई हिरासतमा लिइयो र ३ […]

पुरा पढ्नुहोस

जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो

लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा रहेको एउटा बिरालोले जेलब्रेक गरेर भागेको छ । श्रीलंकाको एक मुख्य जेलमा थुनिएको उक्त बिरालो सोमबार भागेको हो । सो बिरालो लागु औषध र मोबाइल फोनका सिमकार्ड तस्करीको प्रयास गर्दागर्दै पक्राउ परेको थियो । सुरक्षा अधिकारीहरुले श्रीलंकाको वेलिकाडा जेलमा गत शनिवार सो बिरालोलाई सिमकार्ड, लागु औषध र मेमोरी […]

पुरा पढ्नुहोस

रक्सी नखाइकन मात लाग्ने रोग, छोरीको ‘दिसा खुवाएर’ गरियो उपचार

अमेरिकामा एकजना पुरुषलाई यस्तो समस्या थियो कि रक्सी नखाइकन पनि उनलाई रक्सीको नशा लाग्दथ्यो । ४७ वर्षका ती व्यक्ति एउटा दुर्लभ स्वास्थ्य समस्याबाट पीडित थिए । गट फर्मेन्टेसन सिन्ड्रोम अर्थात् अटो ब्रुअरी सिन्ड्रोम भनिने उक्त रोग भएका मानिसले खाएका खानेकुराहरु पेटमा पुगेपछि आफै फर्मेन्टेड भएर अल्कोहलको उत्पादन हुने गर्दछ । त्यस्ता व्यक्तिहरुको पेटमा अत्यधिक मात्रामा […]

पुरा पढ्नुहोस

१७ सेकेण्डमा ५० अण्डा खाएर कीर्तिमान

अहिलेको जमानामा चर्चित हुनु छ भने अरु कसैले नगरेको वा निकै अनौठो हर्कत गरेर त्यसको भिडियो इन्टरनेटमा अपलोड गरे पुग्छ । यस्ता अनौठा हर्कत गर्ने मानिसहरुको संख्या निकै बढिरहेको छ, पछिल्लो समयमा । महामारी कारण घरमै बस्न बाध्य मानिसहरु इन्टरनेटमा भाइरल बन्नका लागि अनेक खालका क्रियाकलापहरु गरिरहेका देखिन्छन् । केही समय पहिलेको भिडियो यस्तै भिडियो […]

पुरा पढ्नुहोस

दुनियाँकै पढन्ते व्यक्ति, ४२ वटा विश्वविद्यालयबाट २० वटा डिग्री

विश्वविद्यालयको पढाइ पूरा गरेर डिग्री हालिस गर्नु वास्तवमा सबैका लागि सजिलो कुरा होइन, निकै मेहेनत गर्नुपर्दछ । एउटा कुनै विश्वविद्यालयबाट कुनै विषयमा डिग्री हासिल गरेपछि अधिकांशले औपचारिक पढाइ छाडेका हुन्छन् । तर यो दुनियाँमा एकजना यस्ता मानिस पनि थिए जसले विभिन्न ४२ वटा विश्वविद्यालयमा पढे र २० वटा डिग्री हासिल गरे। सबैभन्दा योग्य भारतीय अर्थात […]

पुरा पढ्नुहोस