अध्यक्षपछि पदाधिकारीहरूको क्रम मिलाएर एमालेको पहिलो बैठकमा सीट योजना सार्वजनिक

राष्ट्रिय

नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले वरिष्ठताको आधारमा पदाधिकारीहरूको सीट प्लान तय गरेको छ।

अध्यक्षपछिको दोस्रो वरीयतामा उपाध्यक्ष रामबहादुर थापा बादल रहेका छन्। त्यसपछि क्रमशः विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्टरघुजी पन्त को वरीयता कायम छ।

महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा क्रमशः लेखराज भट्ट, रघुवीर महासेठयोगेश भट्टराई को आसन तोकिएको छ। सचिवहरूको क्रममा छबिलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी लगायतको नाम उल्लेख गरिएको छ।

सचिवहरुपछि लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाअनुशासन आयोगका अध्यक्ष भरत पहारी को आसन तय गरिएको छ।

एक नेताले बताए अनुसार, यो सीट प्लान नेताहरूको बसाइअनुसार भए पनि वरिष्ठता अनुसारको वरीयता कायम गरिएको हो।