अब सातामा ६ दिन नै सेयर कारोबार, शुक्रबार १ बजे बन्द

अर्थ बजार

हप्तामा ५ दिन कारोबार भइरहेको सेयर बजार आइतबार सार्वजनिक बिदा भएपछि शुक्रबार पनि कारोबार हुन थाल्यो । पहिले आइतबारबाट बिहीबारसम्म सेयर कारोबार हुने गरेको थियो । तर, आइतबार बिदा भएपछि शुक्रबार पनि सेयर कारोबार सुरु भएको थियो । सरकारले आइतबारको बिदा हटाए पनि अब शुक्रबार पनि सेयर कारोबार हुने भएको छ ।

अब आइतबारदेखि बिहीबारसम्म पहिले जस्तै बिहान ११ बजेबाट ३ बजेसम्म सेयर कारोबार हुनेछ । शुक्रबार बिहान ११ बाट दिउँसाे १ बजेसम्म मात्रै सेयर कारोबार हुने भएको छ ।

लगानीकर्ताले कारोबार ६ दिन नै सन्चालन गर्न लामो समयदेखि माग गरिरहेका थिए । जेठ अगाडि भने आइतबारदेखि बिहीबारसम्म गरी कारोबार ५ दिन मात्र चल्ने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *