अस्ट्रेलियाको हिमालयन रेडियोका सञ्चालक सञ्चारकर्मी टीका कार्की शनिबार मृत फेला परेका छन् ।
नेपालमा बागलुङ घर भएका कार्की सन् २००३ देखि अस्ट्रेलियामा हिमालयन रेडियो संचालन गरी नेपाली भाषाको कार्यक्रम मार्फत यहाँको समुदायलाई सुसूचित गर्दै आएका थिए ।
एक्लै बस्दै आएका उनी डलविच हिलस्थित निवासमा अचेत अवस्थामा फेला परेका थिए । उनलाइ सुतेकै अवस्थामा हृदयघात भएको आशङ्का गरिएको छ । प्रहरीले कार्कीको शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।