काठमाडौँको उत्तरी भेगमा अवस्थित बुढानिलकण्ठ क्षेत्र बसोबासको लागि पहिलो रोजाईमा पर्न थालेको छ । प्राकृतिक रुपमा आफैमा भरिपूर्ण यस क्षेत्र आजभोलि बाक्लो बस्तिले भरिदै छ ।योजनाबद्ध रुपमा आवसिय निर्माण नगरियता पनि यस क्षेत्र आकर्षक आवासीय क्षेत्रमा परिणत भैसकेको छ ।

व्यवस्थित प्लानिङ गरेको ठाउँमा खुला ठाउँ धेरै हुन्छ, चौडा सडक हुन्छ तर अव्यवस्थित ठाउँमा व्यक्तिको निजी सम्पत्ति (जग्गा) धेरै हुन्छ, खुला ठाउँ अत्यन्तै कम हुन्छ । बुढानीलकण्ठकै कुरा गर्ने हो भने पनि त्यहाँ बसोबास गर्नेहरूले ठूलो क्षेत्रफलमा घर बनाएका छन् । घरभित्रै सम्पूर्ण सुविधा छन् र निजी रूपमै सुविधा उपभोग गर्छन् । यो क्षेत्रमा नेता र उच्चघराना बस्न थालेपछि बिस्तारै आवासीय क्षेत्र बनेको हो । अहिले यो क्षेत्रमा जुनसुकै आय, वर्ग भएका मानिस, ठूलठूला नेता, व्यापारी, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी बसोबास गर्छन् ।
नजिकै शिवपुरी राष्ट्रिय निकुञ्ज र बुढानीलकण्ठ मन्दिर भएकाले पनि यो क्षेत्र निकै आकर्षक र मनमोहक छ । महाराजगञ्ज चोकबाट बुढानीलकण्ठसम्मको सडक चौडा हुनु पनि यस क्षेत्रमा छिटो बस्ती बिस्तार हुनुको एक प्रमुख कारण हो । नजिकै हरियो वन पानीको मुहान भएकाले खानेपानीको सुविधा हुने नै भयो ।देशकै राम्रोमध्येको बुढानीलकण्ठ स्कुल नजिकै गंगालाल, न्युरो, टिचिङ लगायतका अस्पताल अनि ठुला ठुला सपिङ सेन्टर त्यही कारण सबको रोजाईमा बुढानीलकण्ठ क्षेत्र ।