कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा स्थगित

राष्ट्रिय

बितेको २४ घण्टामा काठमाडौंमा १ हजार ७४ जनामा  कोरोना भाइरस संक्तमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएको हो । जसमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत चार जना कर्मचारी पनि रहेका छन ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिए सँगै प्रशासनबाट हुने अत्यावश्यक बाहेकका सेवा तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार बुधबारबाट लागू हुने गरी शान्ति सुरक्षा, ठाडो निवेदन, उजुरी, मुद्दाको सुनुवाई र विपद् व्यवस्थापनबाहेकका सेवा स्थगित गरिएको छ । परिस्थितिको विश्लेषण गरेर अवस्था अनुसार नयाँ सूचना जारी गरी सेवा सुचारु गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *