उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने

समाचार

इलाम, ८ चैत । आउँदो वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको चहलपहल बढ्दै गइरहेको छ । राजनीतिक दलहरुले उम्मेदवारको सिफरिस धमाधम गरिरहेका छन् ।

यसै सिलसिलामा चैत १७ गते उम्मेदवारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वयम इलाम जानुहुनेभएको छ । ‘सभापतिज्यु इलाम आएर उम्मेदवारको नाम सार्वजनिक गर्ने र निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ ।’ रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भन्नुभयो, ‘सभापतिज्युले पार्टीका शुभचिन्तक, कार्यकर्ता, व्यवसायी र पत्रकारहरुसँग भेटघाट गर्नुहुन्छ, सभा गर्ने भन्ने तयारी हालसम्म चाहिँ छैन ।’

निर्वाचन आयोगले उपनिर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गर्दै चैत १४ देखि चैत २४ गतेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ ।

रास्वपाले चैत ६ गते देखि चैत १४ गते दिउँसो १ बजेसम्म इलाम २ मा उम्मेदवारको आकांक्षीका लागि आवेदन माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *