एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा कुँवर चयन

कृषि-पर्यटन राष्ट्रिय समाचार

नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पूर्णबहादुर कुँवर चयन भएका छन् । संगठनको तेस्रो एकता महाधिवेशनबाट अध्यक्षमा कुँवर, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा चयन भएका हुन् ।

महासचिवमा एमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा शेर्पा र श्रीकान्त आचार्य चयन भएका छन् । संगठनले पाँच जना सचिवहरू पनि चयन गरेको छ । जसमा दीपक दाहाल, जीवनराज सापकोटा, प्रदीप आचार्य, जया बराल र प्रह्लाद लोहनी रहेका छन् भने कोषाध्यक्षमा लिला बहादुर लामा तामाङ चयन भएका छन् ।

यस्तै उपाध्यक्षहरूमा प्रदेश १ बाट टीकाराम गुरुङ, मधेस प्रदेशबाट सुधीर कुमार उपाध्याय, गण्डकी प्रदेशबाट केदारनाथ शर्मा, सुदूरपश्चिम प्रदेशबाट महेश भट्टराई, कर्णाली प्रदेशबाट लंकबहादुर शाही र लुम्बिनी प्रदेशबाट सागर अधिकारी चयन भएका छन् ।

राम सापकोटा, जीवन थापा मगर, रुद्र प्रसाद तिमील्सिना, प्रकाश सापकोटा, साङ्गे लामा, विनोद सापकोटा, राम खड्का, माया शेर्पा, टासी ल्यामो शेर्पा, फुरी ग्याल्जेन शेर्पा, वान्चु शेर्पा, मुक्ती पाण्डे, चिरञ्जीवी पोखरेल, हरि भुजेल, कृष्ण प्रसाद दाहाल लगायत एक सय एक सदस्य रहेको केन्द्रीय कमिटी पनि चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *