एसईईको नतिजा भोलि सार्वजनिक हुने

शिक्षा/स्वास्थ्य

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ ।

कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनले भने ‘हामी अन्तिम तयारीमा छौं । नतिजा भोलि आउँछ ।’ कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका छन् ।

शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

एसईईको नतिजा हेर्न सकिने साइटहरु

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाईटबाट तथा एसमएमएस र आईभीआरबाट पनि विद्यार्थीले नतिजा हेर्न सक्नेछन् ।

रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np

इंडियु संजाल www.see.edusanjal.com

नेपाल टेलिकम : www.see.ntc.net.np

नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)

Leave a Reply

Your email address will not be published. Required fields are marked *