एसईईको नतिजा सार्वजनिक

शिक्षा/स्वास्थ्य

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

जम्मा परीक्षामा सहभागी परीक्षा ४ लाख ९५ हजार ७५१ जना रहेका थिए । जसमा ४ दशमलव ५७ प्रतिशत विद्यार्थी अनुपस्थित भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सबैभन्दा बढी जीपीए ३.६ देखि ४ सम्म ल्याउने ९ हजार ६३३ जना रहेका छन् ।

यस्तै ३.२ देखि ३.६ सम्म ४१ हजार ६ सय २७ जना, २.८ देखि ३.२ जीपीए ७९ हजार ९ सय जना रहेका छन् ।

यसैगरी, २.४ देखि २.८ सम्म ९० हजार ५५८ जना, २.० देखि २.४ १ लाख १२ हजार ७३३ जना रहेका छन् ।

१‍.६ देखि २.० सम्म ल्याउने १ लाख ५ सय ९४ जना रहेका छन्, भने १‍.२ देखि १‍.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५ सय ८६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *