कर सहयाेगी श्रमिक संगठन नेपालले गर्‍यो रक्तदान कार्यकम

राष्ट्रिय शिक्षा/स्वास्थ्य

कर सहयाेगी श्रमिक संगठन नेपालकाे १६ औं वार्षिक उत्सवकाे अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो ।

कर सहयाेगी श्रमिक संगठन नेपाल र लायन्स कल्व अफ काठमाण्डाैं कालिकाकाे संयुक्त आयाेजनामा यही २०७९ साल भाद्र १७ गतेको दिन विहान ८ बजे देखि  १२ बजे सम्म राजधानीको बबरमहल कर कार्यालय अगाडि रक्तदान कार्यकम सम्पन्न गरिएको थियो ।

रगत मानिसलाई नभई नहुने अत्यावश्यक तत्व हो । रगतको आवश्यकता विभिन्न रोगहरुको उपचार गर्दा, शल्यक्रियाहरुमा, महिलाहरुको प्रसुती तथा विभिन्न अवस्थाहरुमा पर्दछ । तुरुन्त रगत नदिएमा विरामीहरुलाई बचाउन समेत गाह्रो पर्छ । हाल सम्म बैज्ञानिकहरुले कृत्रिम रगत बनाउन सफल भएका छैनन । बिरामीहरुका लागि आवश्यक रगतको परिपुर्तिको एकमात्र विकल्प भनेकै रक्तदान हो ।

कार्यक्रम बीच बोल्दै केन्द्रिय अध्यक्ष तारानाथ दाहालले कर सहयाेगी श्रमिक संगठन नेपाल आगामी दिनहरुमा अनवरत सामाजिक कार्यमा लागीरहने बताउदै कार्यक्रममा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिनु भयाे ।काठमाडौ जिल्ला कमिटी अध्यक्ष राजेश पराजुलीले देशभरका कर सहयोगी साथिहरुलाई एकताको सन्देश
दिदै रक्तदाता महानुभावले कुनै संस्थालाई रक्तदान नगरी  अशक्त अवस्थामा रहेका विरामीलाई जिवन दान दिने हुँदा यो महान कार्यमा जुट्न सबैलाई आग्रह गर्नु भयो ।

काठमाडौ जिल्ला कमिटी अध्यक्ष राजेश पराजुलीले देशभरका कर सहयोगी साथिहरुलाई एकताको सन्देश
दिदै रक्तदाता महानुभावले कुनै संस्थालाई रक्तदान नगरी  अशक्त अवस्थामा रहेका विरामीलाई जिवन दान दिने हुँदा यो महान कार्यमा जुट्न सबैलाई आग्रह गर्नु भयो ।

उक्त कार्यक्रममा  50 जना भन्दा बढीले रक्तदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *