काठमाडौँको गैरीगाउँमा भीषण आगलागी, नियन्त्रणका लागि ४ दमकल परिचालन

समाचार

काठमाडौँको  गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँस्थित एक कारखानाको छेउमा रहेको टहरोमा आगलागी भएपछि काठमाडौँ महानगरपालिकाका चारवटा दमकल घटनास्थलमा परिचालन गरिएका छन्।

नगर प्रहरीका अनुसार आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकाबाट समेत दमकल मगाइएको छ। आगलागी फैलिन नदिन थप सहयोग पनि माग गरिएको जनाइएको छ।

महानगरको विपद् व्यवस्थापन विभाग प्रमुखसमेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले आगो निभाउने प्रयास जारी रहेको बताए। उनले भने, “हाम्रा चारवटा दमकल पुगिसकेका छन्, ललितपुरबाट पनि दमकल मगाएका छौँ। घटनास्थलमा मानिसको धेरै भिडभाड भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ।”

आगलागीको कारण र क्षतिको विवरण भने हालसम्म खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *