काठमाडौं उपत्यकामा एकैदिन थपिए ३८२५ कोरोना संक्रमित

राष्ट्रिय

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ३८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर ५८ जनाको मृत्यु भएको छ भने थप ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *