कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला

अर्थ बजार

कालिञ्चोक दर्शन लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

सर्वासाधारणलाई छुट्ट्याइएको मध्ये पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । दुई प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्ट्याइएको छ । सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा चार हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा माघ ६ गते हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म मागानुसार आवेदन नपरेमा निष्कासन अवधि माघ १७ गतेसम्म थप गरिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरोसशेयर खातामार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *