कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिँदै ,एमाले नेतृत्वको सरकार ढल्ने

राष्ट्रिय

जेठ । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिने भएको छ ।

माओवादी आज सरकारबाट बाहिरिने भएको हो । माओवादी सरकारबाट बाहिरिएसँगै नेकपा एमालेकातर्फबाट मुख्यमन्त्री रहेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको हो ।

आज प्रदेश पार्टी पदाधिकारीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी छ ।

बैठक लगतै मन्त्रीहरूले राजीनामा दिने तयारी भएको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *