गजराज जोशी ट्रष्टद्वारा पिगण द्य: खल: लाई दुई लाख ५० हजार सहयोग

स्थानीय

टोखा, काठमाडौँ । पिगण द्यः को मुर्ति जिर्णोद्धारका लागि पिगण द्यः खलः समितिलाई ‘गजराज जोशी ट्रष्ट’ले दुई लाख ५० हजार सहयोग गरेको छ । आज एक कार्यक्रमबा बीच ट्रष्टले पिगण द्यः खलः समितिका अध्यक्ष सुक नारायण डंगोललाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

२०७७ चैत्रमा विस्का जात्राका लागि खटमा राखि जात्रा गर्ने मुर्ति जिर्ण भएपछि द्यः खलः ले स्थानीय सरकार स्थानीय तथा श्रद्धालु भक्तजन तथा विभिन्न संघसंस्थाहरुसंग आर्थिक श्रोत जुटाएर नयाँ मुर्ति निर्माण पश्चात प्राणप्रतिस्थापना गरिएको थियो । पिगण द्यः टोखाबासीको आराध्य देवताको रुपमा रहेको छ ।

स्वर्गीय गजराज जोशीको जन्म दिनको स्मृतिमा गजराज जोशी ट्रष्टले टोखाको सांस्कृतिक सम्पदाको संरक्षण र उत्थानका लागि पिगण द्यः खलःलाई आर्थिक सहयोग गरिएको ट्रष्टका अध्यक्ष मनिष जोशीले बताउनु भयो ।

सहयोग धेरै धन सम्पति भएर होइन भित्रि मनदेखि सहयोगको भावनाले उत्प्रेरित भएर गरिने कार्य भएको भन्दै ट्रष्टले शिक्षा, खेलकुद, स्वास्थ्य, संस्कृति, सम्पदा तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको र निरन्तर गरिरहने ट्रष्टका अध्यक्ष जोशीले कार्यक्रमा बताउनु भयो ।

सिंगो टोखाको अपनत्व होस् भन्ने हेतुले स्थानीय सरकारदेखि स्थानीय स्तरबाट आर्थिक श्रोत जुटाएर ८ वटा मुर्तिको निर्माण गरिएको पिगण द्यः खलः समितिका सचिव मुक्तिमान डंगोलले बताउनु भयो । संस्कृति र सम्पदा जोगाउने कार्यमा सहयोग गर्ने सहयोगिहरुलाई उहाँले धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो ।

स्वर्गीय गजराज जोशीले आफ्नो जीवनकालमा देश र समाजका लागि गर्नु भएको योगदानको बारेमा कार्यक्रममा बोल्ने वक्ताहरुले स्मरण गरेका थिए । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको एसियन गेममा धावकको रुपमा नेपालको प्रतिनिधित्व गरेका उहाँले टोखामा सस्कृति, सामाजिक, शिक्षा, खेलकुद तथा भौतिक पुर्वाधार निर्माणको क्षेत्रमा दिएको योगदानको समेत कार्यक्रममा स्मरण गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथि द्वय टोखा ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठ र टोखा २ का वडाध्यक्ष दिपकराज जोशीले स्वर्गीय गजराज जोशीले देश र टोखाको लागि गरेको योगदानको बारेमा चर्चा गरेका थिए ।

टोखा २ का वडाध्यक्ष जोशीले स्वर्गीय गजराज जोशीले सामाखुसीदेखि टोखा र झोरमा फराकिलो मुल सडक पुर्‍याउने कार्यमा ठुलो योगदान रहेको भन्दै गणेशस्थानदेखि मालुङ्गसम्मको सडकको नाम गजराज मार्ग नामाकरण गर्ने विषयमा राजनीतिक दल संघसंस्थाहरु बीच छलफल भैरहेको बताउनु भयो । भुखा ननिमा रहेको सार्वजनिक जग्गामा अर्धकदको शालिक समेत स्थापना गर्ने तयारी भैरहेको कार्यक्रममा जानकारी गराउनु भयो ।

भगवती क्लवको सभाहलमा भएको कार्यक्रममा माओबादी केन्द्र टोखा २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ तथा ट्रष्टका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *