गोकर्णेश्वर महादेव मन्दिर परिसर तथा उत्तरवाहिनी क्षेत्र डुबानमा

स्थानीय

आइतबार रातिदेखि परेकाे अविरल वर्षाले वाग्मती नदी किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र डुबानमा परेको छ ।

मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवंगत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएका छन ।

गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म रहेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो ।

पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ । जोरपाटी–सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णमुनिको वाग्मती किनार क्षेत्रसमेत ठाउँठाउँमा डुबानमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *