ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इन्जिनीयर दीपक कुँवर सम्मानित

राष्ट्रिय स्थानीय

टोखा स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएका छन ।                                                      ‍ युरोपियन इन्टरनेशनल युनिभर्सिटी फ्रान्सले इन्जिनियर  कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व निर्वाह गरेको भन्दै शुक्रबार साँझ थाइल्याण्डको ब्याङ्ककमा आयोजित एक कार्यक्रम बीच व्यवसाय व्यवस्थापनमा प्रोफेसनल डक्टरल सर्टिफिकेट अवार्ड द्वारा सम्मान गरेको थियो।

नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रसंशनीय कार्य गरेबापत इन्जिनियर कुँवरलाई सम्मान गरिएको युर्निभर्सिटीले जनाएको छ । नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्वितीय उपाध्यक्षसमेत रहेका इन्जिनियर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माण, गोँगबुको नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि विशेष भुमिका लगायत अन्य व्यावसायिक क्षेत्रमा आफ्नो भुमिका विशेष निर्वाह गरेका थिए ।

कुँवर व्यावसाय सङै विभिन्न सामाजिक संघ सस्थामा आबद्द रहि समाज सेवामा पनि उत्तिकै अग्रसर रहदै आएका छन ।