गोकर्ण माध्यमिक विद्यालयमा बस सेवा सुरू

शिक्षा/स्वास्थ्य स्थानीय

प्राय सबै जसो निजी विद्यालयहरुले आफ्ना विद्यार्थीलाई आवतजावत गराउन स्कुल बस सन्चालन गर्दै आएक छन । सामुदायिक तथा सरकारी विद्यालयहरुले स्कुल बस सन्चालन गरेको पाइदैन । तरअङ्ग्रेजी माध्यममा पढाइ हुने गोकर्णेश्वर नगरपालिका–४ स्थित सामुदायिक गोकर्ण माध्यमिक विद्यालयमा बस सेवासमेत शुरु भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ४२ सिट क्षमताको बस विद्यार्थीलाई आवतजावत गराउन उपलब्ध गराएको हो ।

बस सेवाको शुभारम्भ गर्नुहुँदै वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बस सेवापछि विद्यार्थीको उपचारका लागि नर्स पनि उपलब्ध गराइने बताउनुभयो । सामुदायिक विद्यालय भए पनि गोकर्ण माविमा ६०० छात्रछात्रा अध्ययन गरिरहेको वडाध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामदास श्रेष्ठ, पूर्वप्रधानाध्यापक बटुराम भण्डारी, प्रधानाध्यापक सुस्मिता केसी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *