चलचित्र ‘उचाई’को छायांकनका लागि अनुपम, बोमन र परिणिती नेपाल आउने

मनोरन्जन

चलचित्र ‘उचाई’को छायांकनका लागि करिब ४० दिनको सुटिङ सेड्यूल लिएर निर्देशक सुरज बर्जत्यसहितको टोली नेपाल आउने भएको छ । उनीहरु, अक्टुबर महिनामा नेपाल आउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका रहनेछ । तर, नेपालको हिमाली भेगमा यो चलचित्रको छायांकन हुने भएकाले उनी नेपाल नआउने नेपालका लागि चलचित्रको व्यवस्थापनको जिम्मा सम्हालेको थ्रि ह्रिवलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए ।अमिताभ बच्चन दमको रोगी भएकाले पनि उनको परिवारले चिसो ठाउँमा छायांकनका लागि पठाउन मानेन

चलचित्रका लागि मुख्य कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुप खेर, निना गुप्ता लगायतका कलाकार नेपाल आउनेछन् । उनीहरु, करिब ४० दिन नेपालमा बस्ने सुरजले जानकारी दिए । चलचित्रको छायांकन लाङटाङ, मनाङ, मुस्ताङ, सगरमाथा आधार शिविर लगायतमा हुनेछ ।

चलचित्रले मित्रताको कथा भन्नेछ । चलचित्रको लागि छलफल गर्न केही समय अगाडि निर्देशक सुरज बर्जत्य नेपाल आएका थिए । उनी, करिब २ साता नेपाल बसेर मुम्बई फर्किएका थिए । यो चलचित्र निर्देशक सुरजको लागि विशेष छ । यो चलचित्रले मित्रता र परिवारको कथा भन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *