चितवनमा भारी वर्षा, सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न

राष्ट्रिय

सत्ता गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त आमसभाको मञ्च रहेको स्थान डुबानमा परेको छ ।

हाकिम चोकमा अघिल्लो दिन साँझ नै मञ्च तयार पारिएको थियो । तर रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् ।
सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुधबार नै चितवन पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *