चोरिएका २० मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

राष्ट्रिय

उपत्यका ट्राफिक प्रहरीले चोरिएका २० मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । उपत्यकाका विभिन्न स्थानबाट हराएका २० मोटरसाइकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइएको हो ।त्यसमध्ये १६ मोटरसाइकल र चार स्कुटर रहेका छन् ।

चोरीमा संलग्न व्यक्तिलाई थप अनुसन्धानका लागि विभिन्न ट्राफिक प्रहरी वृत्तमा पठाइएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *