प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ लाई राजधानीको एक हलमा भव्य प्रिमियर गरिएको छ ।
‘कास्ट एन्ड क्रू’ को सहभागितामा आयोजित प्रिमियरमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकले लिम्बु समुदायको पहिरनमा सजिएर परम्परागत बाजा च्याब्रुङ बजाएका थिए ।
कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल लिम्बु पहिरनमा प्रस्तुत भएका थिए । फिल्मको कथावस्तु पनि पूर्वी पहाडको लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथा पेश गरिएको छ ।
उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई बाँसुरी फिल्म्सका रामबाबु गुरुङसहितले निर्माण गरेका हुन् । यो फिल्म नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ ।
