झापाको चिया बगानमा ३ किशोरीकाे एउटै रुखमा झुण्डिएको अवस्थामा शव फेला

राष्ट्रिय

झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले  बताए ।

पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् । उनीहरु बयरको रुपमा डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।तीनैजना शनिबारदेखि बेपत्ता थिए । अन्य कामदारले आज बिहान झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

झापा प्रहरी प्रवक्ता वसन्त पाठकले हत्या वा आत्महत्या खुलिनसकेको भन्दै घटनाबारे अनुसन्धान भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *