टिपर दुर्घटना हुुँदा बैतडीमा ३ जनाको मृत्यु

राष्ट्रिय

बैतडीमा टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरी गाउँमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका प्रहरीले जनाएको छ । विद्यालयबाट फर्किँदा टिपर चढेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनापछि प्रहरी र स्थानीयले उद्दार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *