टोखामा सम्पन्न भयाे क्षयरोग सम्बन्धि अन्र्तक्रिया कार्यक्रम

स्थानीय

टोखा नगरपालिकामा क्षयरोग न्युनिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Multi – Dimensional Resource Center (MRC Nepal) को आयोजना र टोखा नगरपालिकासंगको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , स्वास्थ शाखा प्रमुख रनलाल कुलाल , प्रशासन प्रमुख अनिल जोशी , वडा नं २ का अध्यक्ष धरबेन्द्र श्रेष्ठ , वडा नं ४ का अध्यक्ष धरमेन्द्र श्रेष्ठ , वडा नं ९ का अध्यक्ष रामभक्त घिमिरे , वडा नं ११ का अध्यक्ष घनश्याम खड्का , नगरपालिकाका प्रवक्ता बच्चु बस्याल , वडागत शहरी स्वास्थ प्रमुखहरुको उपस्थीतीमा नगरपालिका भित्र क्षयरोगको रोकथाम , नियन्त्रण र जनचेतनामूलक कार्यक्रम सम्बन्धि छलफल भएको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत बहादुर खड्काले बताउनु भयो ।

खड्काका अनुसार टोखा नगरपालिकासंगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम संचालन गरि क्षयरोगको नियन्त्रण गर्ने बिभिन्न कार्यक्रम गरिने छ । टोखा संगै यो संस्थाले हेटौडा उपमहानगरपालिका , भरतपुर महानगरपालिकामा पनि यो परियोजना गरिरहेको छ । यो संस्थाले देशको सात वटै प्रदेशमा स्वास्थ क्षेत्र संगै कृषि , जनवायु , शिक्षा आदी क्षेत्रमा ७२ वटा परियोजना संचालन गरेको छ ।

सोही कार्यक्रममा टोखा नगरपालिका स्वास्थ शाखा प्रमुख रनलाल कुलालले यो परियोजना टोखामा अति आबश्यक रहेको बताउनुहुँदै क्षयरोगको न्युनीकरणका लागी सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखामा सो परियोजनाले संचालन गरेको कामप्रति खुशी ब्यक्त गर्नुहुँदै आगामी दिनहरुमा पनि संस्थासंगको सहकार्यमा अन्य बिभिन्न जनमुखी काम गर्न टोखा नगरपालिका तयार रहेको बताउनुभयो ।

राष्ट्रिय क्षयरोग केन्द्रको २०७९ को तथ्याङ्क अनुसार टोखामा मात्र २३० जना क्षयरोगको बिरामी छन भने ७६ जना बिरामी सम्पर्क बाहीर छन ।

क्षयरोग अर्थाट टिबी , कुनैबेला खतरनाक मानिन्थ्यो । अहिले क्षयरोग त्यती भयावह छैन । यद्यपी पूर्णत निर्मूल पनि भएको छैन । किनभने यो संक्रामक रोग हो, जो दोस्रो व्यक्तिलाई सजिलै सर्न सक्छ । क्षयरोग भएमा यसले छाती तथा फोक्सोलाई असर पार्ने गर्छ । हाच्छ्यिुँ गर्दा, खोक्दा पनि यसको जिवाणु सजिलै अर्को व्यक्तिमा सर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *